२६ जेठ २०८३, मंगलबार

आर्मीलाई हराउँदै आयोजक टीम मदन भण्डारी गोल्डकपको सेमीफाइनलमा

चैत १२, २०७४
आर्मीलाई हराउँदै आयोजक टीम मदन भण्डारी गोल्डकपको सेमीफाइनलमा

बुटवल, १२ चैत- विभागीय टीम नेपाल आर्मीलाई पराजित गर्दै आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानविज्ञान माविको खेल मैदानमा भएको प्रतियोगितामा नेपाल आर्मीलाई ३–१ ले हराउँदै आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी सेमीफाईनलमा प्रवेश गरेको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको नेपाल आर्मीले दोस्रो हाफमा लय गुमायो ।

आयोजकका लागि विदेशी खेलाडी म्याक्सले खेलको ६२औं र ६७औं मिनेटमा गोल गरे भने अर्को एक गोल विदेश खेलाडी एबाले खेलको ७५औं मिनेटमा गरे । आर्मीका लागि एकमात्र गोल खेलको १४औं मिनेटमा विवेक बस्नेतले गरेका थिए । 

प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्वित्तिय हुनेले नगद ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा सेमिफाइनल पुग्ने २ टीमले नगद १ लाख प्राप्त गर्नेछन् । 

त्यसैगरी सर्वोउत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मध्यपक्तिका खेलाडीले नगद २१/२१ हजार प्राप्त गर्ने आयोजकको भनाइ छ ।

१ करोड १० लाखको लागत अनुमान गरिएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस्, सुदुरपश्चिम कैलाली, नेपाल आर्मी, थ्रिस्टार क्लब, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी, सुनौलो संगम, एपीएफ क्वल र झापा ११ को सहभागिता रहेको छ ।

प्रतियोगिताअन्तर्गत चैत १३ गते दोस्रो क्वाटरफाइनल खेलमा विभागीय टीम एपीएफ र बुटवलको सुनौलो संगम क्लब भिड्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्