२८ असार २०८३, आइतबार

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणा उपचारका लागि भारत प्रस्थान, राजनीतिक भेटवार्ता पनि गर्ने

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणा उपचारका लागि भारत प्रस्थान, राजनीतिक भेटवार्ता पनि गर्ने
फाइल फोटो

काठमाडौँ, १२ चैत- राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबरा स्वास्थ्य परीक्षणका लागि आज भारत प्रस्थान गरेका छन् ।

नयाँदिल्लीस्थित आयुर्वेदिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि उनको भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग भेटघाटको कार्यक्रम तय गरिएको पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।

उनले भारतीय नेताहरूसँगको भेटका साथै औद्योगिक लगानी वृद्धि गर्न उद्योगीहरुलाई आग्रह गर्नेछन् ।

करीब एक साताको भ्रमणका क्रममा उहाँले पारिवारिक भेटघाट र केही सामाजिक कार्यमा पनि सहभागिता जनाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्