०५ असार २०८३, शुक्रबार

यस्तो फोटो सार्वजनिक गर्ने नेहालाई लग्यो संस्कृति बिगारेको आरोप

चैत १२, २०७४
यस्तो फोटो सार्वजनिक गर्ने नेहालाई लग्यो संस्कृति बिगारेको आरोप

ट्रोलर्स (व्यंग्यकार)हरू प्रायः कुनै न कुनै सेलेब्रिटीलाई व्यंग गरिरहेका हुन्छन् । कतिपयले यसलाई ‘बचपना’ भन्दै वास्ता गर्दैनन् । कतिपयले त्यही विषयलाई निकै संवेदनशील रूपमा लिएर अनेक डरसमेत देखाउँछन् ।

पछिल्लो समय अभिनेत्री नेहा शर्मालाई पनि व्यंग्य गरिएको छ । हालै नेहाले आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेको तस्बिरलाई लिएर उनलाई व्यंग्य गरिएको हो ।

निकै सुन्दर, तर कामुक देखिने तस्बिरलाई लिएर कतिपय फ्यान उनको दिवाना भएका छन् भने कतिले व्यंग्य गर्दै भनेका छन्, ‘फिल्म नपाएकै कारण नेहा यस्तो रूपमा प्रस्तुत हुन थालेकी हुन् ।’

कतिले उनको तस्बिरप्रति प्रतिक्रिया दिँदै लेखेका छन्, ‘आफ्नो पब्लिसिटीका लागि उनी भारतीय संस्कृति खराब गर्दै छिन् ।’ नेहाले भने यसमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।- नयाँ पत्रिकाबाट 

salt training

कमेन्ट गर्नुहोस्