०५ असार २०८३, शुक्रबार

सोनम स्विट्जरल्यान्डमा गर्दै छिन् विवाह, गरिसकिन् गहना अर्डर

चैत १२, २०७४
सोनम स्विट्जरल्यान्डमा गर्दै छिन् विवाह, गरिसकिन् गहना अर्डर

मुम्बई – बलिउड अभिनेत्री सोनम कपुरको विवाह आगामी १२ मेमा हुने कपुर पारिवारिक सूत्रले खुलासा गरेको  छ ।  अनिल कपुरकी छोरी तथा अभिनेत्री सोनमले दिल्लीका फेसन इन्टरप्रेटर तथा व्यवसायी आनन्द आहुजासँग विवाह गर्ने निधो भएको हो ।

यी दुईबीच केही वर्षयता प्रेम सम्बन्ध रहँदै आएको छ । एक महिनाअघि सोनमकी काकी एवं अभिनेत्री श्रीदेवीको निधन भएकाले  सोनम र आनन्दको विवाह विदेशमा गरिने निधोमा कपुर परिवार पुगेका छन् । यी दुईको विवाह स्विट्जरल्यान्डको जेनेभामा हुने समाचार बाहिर आएको  छ । यी दुईको विवाहको तयारीमा दुवै परिवार जुटेको पनि समाचार आएको छ । सोनमले आफ्नो विवाहका लागि कोलकातामा गहना अडर गरेकी छन् । -राजधानी दैनिकबाट 

salt training

कमेन्ट गर्नुहोस्