०५ असार २०८३, शुक्रबार

तनावमा जनप्रतिनिधि

चैत १३, २०७४
तनावमा जनप्रतिनिधि

डोटी, १३ चैत - सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेल पछिल्लो समय निकै तनावमा छन् । कर्मचारी अभावले जनतासँग गरिएका बाचा पूरा गर्न उनलाई चुनौती बढ्दै गएको छ । कामकाज प्रभावित हुँदा सेवाग्राहीको गुनासो दैनिक चर्कंदै गएको छ । ‘कर्मचारी पठाउन हारगुहार गरे पनि कसैले सुनेन । आफ्नो पद नै अहिले निल्नु न ओकल्नु भएको छ,’ उनले भने ।


यस्तो परिस्थिति सायल गाउँपालिकाको मात्र होइन । अधिकांश स्थानीय तहले बेहोरिरहेका छन् । ‘कर्मचारी व्यवस्थापन नहुँदा कामले गति लिएकै छैन’, डोटी क्याम्पसका प्राध्यापक डण्डीराज ओझाले भने, ‘जनप्रतिनिधि नै कर्मचारी र नियम कानुन स्पष्ट नहुँदा तनाव झेलिरहेका छन् ।’ कान्तिपुरमा खबर छापिएको छ |

salt training

कमेन्ट गर्नुहोस्