
काठमाडौं, १३ चैत– कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बारे बुझ्न कांग्रेस नेताहरु भारत प्रस्थान गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले उनको स्वास्थ्य अवस्था बुझ्न नेताहरुलाई भारत पठाउने निर्णय गरेको थियो ।
बैठकको निर्णयअनुसार केन्द्रीय सदस्य शंकर भण्डारी र रमेश लेखक आज भारत प्रस्थान गरेका हुन्छ । बैठकले खड्काको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेको छ ।
खड्काको स्वास्थ्य थप जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । छातीमा गहिरो इन्फेक्सन देखिएपछि उपचारकालागि गएका उनको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।