२५ जेठ २०८३, सोमबार

भक्तबहादुरको पेसा : जागिर लगाइदिन्छु भन्दै ठमेलमा देह व्यापार

भक्तबहादुरको पेसा : जागिर लगाइदिन्छु भन्दै ठमेलमा देह व्यापार

काठमाडौं, १३ चैत– काठमाडौंको ठमेल आसपास केशर महल र संचय कोष क्षेत्रलाई बेस बनाइ महिलाहरुलाई देह व्यापारमा लगाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

महिलाहरुलाई जागिर लगाइदिन्छु भन्दै प्रलोभनमा पारी जबरजस्ती यौन धन्दामा लागाउने ५० वर्षीय भक्तबहादुर बुर्जामगरलाई प्रहरीले पक्राउ गरेको हो । महोत्तरीको खैरमारा स्थायी घर भएका भक्तबहादुर काठमाडौंको चावहिलमा बस्दै आएका थिए । 

बुर्जामगरले महिलाहरुलाई ललाइ फकाइ राजधानीका विभिन्न होटेलहरुमा आफैंले पुर्याउने गर्दथे । विशेष गरी होटेलमा बसेका विदेशी पर्यटकलाई लक्षित गरी उनले महिलाहरुलाई होटेलमा पुर्याउने गरेको प्रहरीको दावी छ । पर्यटकका लागि महिला खोजिदिएवापत उनले कमिशन लिने गरेका थिए । 

प्रहरीले उनीविरुद्ध मानव बेचविखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्