०३ साउन २०८३, आइतबार

सन्दीप लामिछाने आईपीएल खेल्न दिल्ली प्रस्थान

सन्दीप लामिछाने आईपीएल खेल्न दिल्ली प्रस्थान

काठमाडौं, १३ चैत-इण्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता (आईपीएल) खेल्न नेपाली क्रिकेटर सन्दीप लामिछाने दिल्ली प्रस्थान गरेका छन् ।

आईपीएल टीम दिल्ली डेयरडेभिल्समा अनुबन्धित भएका सन्दीप मंगलबार दिल्ली प्रस्थान गरेका हुन् । दिल्लीले सन्दीपलाई २० लाख भारुमा क्लबमा अनुबन्धन गरेको हो ।

सन्दीप आईपीएलमा सहभागी हुन लागेका पहिलो नेपाली खेलाडी हुन् । यसअघि शक्ति गौचनले आईपीएल टोली राजस्थान रोयल्सका लागि ट्रायल दिए पनि उनी छनोट हुन सकेका थिएनन् ।

छोटो फर्म्याटको क्लब क्रिकेटमा आईपीएल विश्वकै सबैभन्दा चर्चित प्रतियोगिता हो । आईपीएलमा विश्वकै चर्चित क्रिकेट हस्तीहरू सहभागी हुन्छन् ।

आफू दिल्ली प्रस्थान गरेको जानकारी सन्दीपले ट्वीटरमार्फत दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्