२५ जेठ २०८३, सोमबार

सरकारका प्राथमिकताबारे कूटनीतिक नियोगका प्रमुखलाई प्रधानमन्त्रीको ब्रिफिङ

सरकारका प्राथमिकताबारे कूटनीतिक नियोगका प्रमुखलाई प्रधानमन्त्रीको ब्रिफिङ
फाइल फोटो

काठमाडौं, १३ फागुन- नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूलाई प्रधानमन्त्रीले सरकारका प्राथमिकताबारे ब्रिफिङ गरेका छन् । नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूलाई बालुवाटार बोलाएर मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ गरेका हुन् ।

कतिपयसँग आफ्नो छुट्टाछुट्टै भेट पनि भइसकेको भन्दै प्रधानमन्त्री ओलीले सबैलाई सामूहिकरूपमा सम्बोधन गर्न चाहेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डता र सार्वभौमिकता आफ्नो पहिलो प्राथमिकता रहेको बताए । यस्तै लोकतान्त्रिक मूल्य/मान्यताप्रति प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

साथै प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता, राजनीतिक स्थीरता र सुशासन पनि आफ्नो प्राथमिकतामा रेहको जानकारी दिए । जनताका आकांक्षा सम्बोधन गर्न पनि आफ्नो ध्यानकेन्द्रित रहने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्