
काठमाडौं १३ चैत–पछिल्ला दिनमा लगातार जस्तो ओरालो लागेको शेयर बजारमा मंगलवार सुधार आएको छ ।
सोमवार ५२ अंकले ओरालो लागेको शेयर बजार मंगलवार भने दोहोरो अंकले बढेर १२ सय विन्दु माथि पुगेको छ ।
सोमवार ५२ अंकले झरेर ११ सय ६८ अंकमा आएको बजार मंगलबार मध्यान्ह ११ सय ३५ अंकसम्म झरेको थियो । तर बजार बन्द हुँदा ३९ अंकले बढेर नेपाल स्कट एक्सचेन्ज नेप्से १२ सय ७ विन्दुमा पुगेको छ ।
शेयर बजारमा आएको गिरावटको बिषयमा मंगलवार राष्ट्रिय सभामा पनि कुरा उठेको थियो ।