१७ असार २०८३, बुधबार

काठमाडौंमा अपराधको आंकडा : एक महिनामा ६ हजार ८ सय पक्राउ

काठमाडौंमा अपराधको आंकडा : एक महिनामा ६ हजार ८ सय पक्राउ

काठमाडौं, १३ चैत– महानगरीय प्रहरी परिसर काठमाडौंले फागुनदेखि चैत १२ गतेसम्म काठमाडौंमा भएका अपराधिक घटनाको विवरण सार्वजनिक गरेको छ । एक महिनाको अवधिमा प्रहरीले ६ हजार ८ सय ४० अभियुत्तलाई पक्राउ गरेको छ । 

प्रहरीले सार्वजनिक गरेको अपराधिक घटनाको विवरणमा सबैभन्दा बढी २४ जना जुवाडे पक्राउ गरेको विषयलाई प्राथमिकता दिएको छ । पक्राउ परेका जुवाडेहरुबाट २६ लाख ८८ हजार २ सय २० रुपैयाँ नगद बरामद भएको प्रहरीको भनाइ छ । 

यस्तै यो अवधिमा प्रहरीले १६ किलो २ सय ५० ग्राम चाँदी बरामद गरेको छ । उक्त चाँदी ९८ हजार ५०० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । चाँदीसहित पक्राउ परेका २ जनालाई नियन्त्रणमा लिइ राजश्व कार्यालय हरिहर भवन पठाइएको छ । 

काठमाडौं प्रहरीले वैदेशिक रोजगारीमा गएका नेपालीले घर फर्किने बेला ल्याएको ६४ तोला सुन समेत बरामद गरेको छ । उक्त सुनको बजार मूल्य २७ लाख ४८ हजार ६ सय ७५ रहेको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार फागुन १ देखि चैत १२ सम्म २६ ओटा बलात्कार तथा जबरजस्ती करणीका घटना घटेका छन् । प्रहरीले घटनामा संलग्न २६ जनालाई पक्राउ गरेको छ । 

सो अवधिमा प्रहरीले ९१ जना आगू औषध तस्कर तथा कारोबारी पक्राउ गरेको छ । प्रहरीले लागू औषध नुफिन २ हजार ८ सय ३० थान, फेनारागन ३ हजार ३ सय ६९ थान, डाइजापाम ३ हजार १ सय ६१ थान, गाँजा ११ केजी र चरेश ५ केजी बरामद गरेको छ । 

काठमाडौं प्रहरीले सो अवधिमा हुण्डी कारोबार गर्ने ४ जनालाई पनि पक्राउ गरेको छ । उनीहरुको साथबाट ३७ लाख ४० हजार ९ सय २० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरीले सो अवधिमा चोरीको मोटरसाइकल १० थानसहित १० जनालाई पक्राउ गरेको छ । यस्तै ६ वटा कर्तव्य ज्यान मुद्दामा २६ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । 

सो अवधिमा ९ जना फरार अभियुक्त पक्राउ गरेको काठमाडौं प्रहरीले गुण्डागर्दीसमा संलग्न रहेको भन्दै २ जनालाई पक्राउ गरिएको जनाएको छ । 

प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी विश्वराज पोखरेलले गत माघ २९ गते काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । एसएसपी पोखरेलले आफूले काठमाडौंमा हुने अपराधिक घटनालाई न्यूनिकरण गर्न विशेष योजनाका साथ काम गरिरहेको बताए । साथै अपराधिक कार्यमा संलग्न व्यक्ति तथा अभियुक्तहरुलाई पक्राउ गरी कानूनअनुसार मुद्दा अगाडि बढाउने कार्यमा आफू प्रतिबद्ध रहेको एसएसपीको भनाइ छ ।  

salt training

कमेन्ट गर्नुहोस्