०४ असार २०८३, बिहीबार

म्याड्रिड एनआरएनएको सक्रियता बढ्दो : स्पेनी कानूनव्यवसायीसँग नेपालीले गरे अन्तर्क्रिया

म्याड्रिड एनआरएनएको सक्रियता बढ्दो : स्पेनी कानूनव्यवसायीसँग नेपालीले गरे अन्तर्क्रिया

दीपेन्द्र गजुरेल

मड्रिड, १३ चैत - स्पेनीश कानुन ब्यावसायि संग स्पेनमा लामो समयदेखि बसोबास गर्दे आएका नेपाली नागरिकहरुले स्पेनीश नियम कानुन सम्बन्धि एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
गैरआवाशिय नेपाली संघ म्याड्रिडको सहयोगमा भएको उक्त कार्यक्रममा स्पेनको नियम कानुन, कागपत्र बनाउन लाग्ने समय,कागजपत्र प्रमाणिकरण,पाद्रोमेन्तो लगायतका विषयमा छलफल भएको संघका अध्यक्ष्ँ उत्तर राईले बताउनुभयो ।

स्पेनमा अस्थाई बसोबास गर्न आवश्यक कागजपत्र कसरी प्राप्त गर्ने, आफ्नो परिवार पुर्नमिलन स्पेनमा कसरी सम्भब बनाउने,स्पेनीश कानुनलाई मध्य नजर गर्दै आगामी दिनहरुमा स्पेनमा बसोबास गर्दा आई पर्ने समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफलले सार्थकता पाएको एनआरएनए केन्द्रिय सचिव जिवन प्रसाईले बताउनुभयो ।

कार्यक्रममा उल्लेखिय नेपालीहरुको जनसहभागिता रहेको थियो । स्पेनीश सरकारले जुन सुकै राष्ट्रका नागरिक तिन वर्ष बसेको प्रमाणित गरेर स्पेनमा स्थाई बसोबास गर्नका निम्ती अनुमतीपत्र लिन चौविसै घण्टा इमिरिगेसन खुल्ला समेत गरेको छ ।

विनाभिषा तिन वर्ष पाद्रोमेन्तो, ट्राभल्स गरेको कागजपत्र,बैकिङ्ग खाता,जरिवाना तिरेको रसिद लगायत स्पेनमा बसोबास गरेको तिन वर्ष पछि सिधै अस्थाई बसोबासका निम्ति आवेदन दिन सक्ने ब्यवस्था रहेको छ ।

एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाको सिमित घेराभित्रको चरम राजनितिक गुटबन्दी तथा मनोपली निर्णयले गर्दा बार्सिलोनाको एनआरएनएको गतिविधि शुन्य भएको छ भने एनआरएनए क्षेत्रिय समितिहरु आजभोली ब्यापक सक्रियताका साथ आफ्नो गतिविधि अगाडि बढाउन जुर्मुराएका छन् ।

स्पेन विभिन्न शहरहरुमा करिब दश हजार नेपाली बसोबास गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्