१७ असार २०८३, बुधबार

सशस्त्र प्रहरीका दुई जवान अख्तियारको नियन्त्रणमा

सशस्त्र प्रहरीका दुई जवान अख्तियारको नियन्त्रणमा

इनरुवा, १३ चैत– सुुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जबाट आज साँझसशस्त्र प्रहरीका दुई जवानलाई घुस लिँदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको छ । 

अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले रु २५ हजारसहित सशस्त्र प्रहरी जवान नवीन खड्का र ठाकुर खत्रीलाई पक्राउ गरेको हो । 

जवानद्वयले भारतीय गाडीलाई नेपाल प्रवेशका लागि छोडेवापत रु २५ हजार रकम माग गरेपछि उनीहरु अख्तियारको फन्दामा परेका हुन् । 

सशस्त्र प्रहरीले सोमबार भारतीय गाडीलाई प्रवेश गराइ दिएवापत रु २५ हजार शदनुपर्ने माग गरेको र पैसा आज दिने कवोल गरेपछि गाडीलाई प्रवेश गर्न दिएको थियो । 

सोही पैसा दिनका लागि आएको बेला सुराकी पाएपछि गएको अख्तियारको टोलीले लक्ष्मी फेन्सी स्टोरबाट खड्का र खत्रीलाई पक्राउ गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्