०१ असार २०८३, सोमबार

उपत्यकाका २४० विद्यालयमा शुद्धीकरण गरिएको पानी

उपत्यकाका २४० विद्यालयमा शुद्धीकरण गरिएको पानी

काठमाडौँ, १३ चैत - काठमाडौँ उपत्यकाको करिब २४० वटा सामुदायिक विद्यालयमा शुद्धीकरण गरिएको पानी मात्र पिउने गरिएको छ । 

काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा २४० वटा विद्यालयका एक लाख ६० हजार विद्यार्थी दैनिक लाभान्वित हुने गरेको जानकारी दिइएको हो । 

स्ल्पास इन्टरनेशनल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा शुरु गरिएको उक्त कार्यक्रमबाट कामपाका ६४ वटा विद्यालयमा यस किसिमको व्यवस्था गरी पानी शुद्धीकरण गरी प्रयोग गर्न थालिएको कामपाका सामाजिक विकास विभागका प्रमुख नुरनिधि न्यौपानेले बटा । 

यस विधिमा जमिनमुनि भएको पानीलाई निकालेर शुद्धीकरण गरिन्छ । पानीमा भएका गुणमध्ये मानव स्वास्थ्यमा हानी पु¥याउने जैविक र रसायनिक तत्व हटाउने विधिबाट पानीलाई शुद्ध बनाएपछि हात धुने तथा पिउने प्रयोगमा ल्याइने संस्थाका प्रबन्धक सिर्जना देवकोटाले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्