३१ जेठ २०८३, आइतबार

ललितपुरमै ९ महिनामा दुई दर्जन 'वलात्कृत'

चैत १४, २०७४
ललितपुरमै ९ महिनामा दुई दर्जन 'वलात्कृत'

ललितपुर, १४ फागुन- ललितपुरमा पछिल्लो समय शृंखलाबद्ध बलात्कारका घटना सार्वजनिक हुँदै आएका छन्। अधिकांश घटनामा बालिका नै पीडित भएका छन्। सातदोबाटो प्रहरी वृत्तका डीएसपी विनोद सिलवालका अनुसार चैतमा मात्रै चार वटा करणीको जाहेरी दर्ता भएका छन्। उनले भने, ‘बालिका करणी गर्न खोजिएको घटना धेरै छन्।’ उनका अनुसार यस वर्ष सातदोबाटो वृत्तमा मात्रै सात वटा बलात्कारका घटना दर्ता भएका छन्।

चैतमा नै चार वटा बलात्कारका जाहेरी परेका छन्। तीमध्ये तीन घटनामा बालिका पीडित छन्। 
 खासगरी बढी उमेर समूहका बालात्कारका घटना लुकाउन पीडक र पीडितबीच मिलेमतो हुने गरेको छ। ‘करणीको मुद्दामा धेरैजसो बालिका पीडित भएको देखिएको छ’, उनको कथन थियो।

साउनयता जावलाखेल प्रहरी परिसरमा नौ वटा बलात्कारका घटना दर्ता भएका छन्, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
 

जावलाखेल प्रहरी परिसरका डीएसपी नरेन्द्र चन्दले असार मसान्तयता नौ महिनामा ललितपुर जिल्लाभर २४ वटा बलात्कारका घटना भएको बताए। सातदोबाटो वृत्तका डीएसपी सिलवालले अचेल यौन दुव्र्यवहारका घटनालाई ‘जबर्जस्ती करणी उद्योग’ अन्तर्गत दर्ता गर्ने प्रचलन बढेको उल्लेख गरे। घटना ढाकछोप गर्नेभन्दा सम्बन्धित पक्षलाई सुझाव र परामर्शका माध्यमबाट न्यायका लागि उत्प्रेरित गर्ने गरिएको सिलवालले बताए।

salt training

कमेन्ट गर्नुहोस्