०१ असार २०८३, सोमबार

कांग्रेस बैठक, हारको कारण टिकट किनबेच

चैत १४, २०७४
कांग्रेस बैठक, हारको कारण टिकट किनबेच

काठमाडौं, १४ चैत – कांग्रेस बैठकमा प्रदेशसभा तथा प्रतिनिधसभा निर्वाचनमा नेतृत्वकै संरक्षणमा टिकट किनबेचका कारण अधिकांश उम्मेदवारले हार बेहोर्नुपरेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । स्थानीय तहदेखि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनसम्मको समीक्षाका लागि भन्दै गत ९ चैतबाट जारी बैठकमा नेताहरूले पक्ष–विपक्षसहित आरोप–प्रत्यारोपको शृंखला कायम राख्दा मंगलबारको बैठक टिकट किनबेचसम्म पुगेको हो ।

मंगलबारको बैठकमा संस्थापनविरुद्ध धारणा राख्दै नेताहरूले निर्वाचनका बेला टिकट वितरण गर्दा किनबेच भएको भन्दै नेतृत्वको चर्को आलोचना गरेका छन् । संस्थापनइतर मानिने पौडेल पक्षीयसहित पार्टी सुदृढीकरणको अभियानमा सक्रिय युवा नेताको समूहमा आबद्ध केन्द्रीय सदस्यहरूले निर्वाचनमा टिकट किनबेच भएको दाबी गर्दै नेतृत्वको आलोचना गरे ।

केन्द्रीय सदस्य धनराज गुरुङले टिकट वितरण गर्दा किनबेच भएको भन्दै छानबिन गर्नुपर्ने माग गरे, राजधानी दैनिकमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्