०९ असार २०८३, मंगलबार

वडाध्यक्षबीच बैठकमै बोतल हानाहान

चैत १४, २०७४
वडाध्यक्षबीच बैठकमै बोतल हानाहान

 उदयपुर, १४ चैत - चौदण्डीगढी नगर कार्यपालिकाको आइतबार बसेको बैठकमा वडाध्यक्षहरूबीच बोतल हानाहान भएको छ । बैठक चलिरहेका बेला सामान्य विवाद उत्पन्न भएपछि वडा नम्बर १० का अध्यक्ष रामकुमार खड्का र वडा नम्बर ९ का अध्यक्ष प्रकाश राउतबीच बोतल हानाहान भएको हो ।

‘सौहार्दपूर्ण तरिकाले बैठक चलिरहेको थियो, छलफलको क्रममा सामान्य विवाद भयो,’ वडा नम्बर २ का अध्यक्ष सन्तोष सुवेदीले भने, ‘विवादकै क्रममा खड्काले राउतमाथि खानेपानीको बोतलले प्रहार गर्नुभयो ।’ बैठक बस्ने क्रममा टेबुलमाथि राखिएको खानेपानीको बोतल उठाएर प्रहार गरेपछि प्रतिकारमा राउतले पनि खड्कामाथि बोतल प्रहार गरेको बताइएको छ । 
१५ चैतमा हुन गइरहेको दोस्रो नगरसभा अधिवेशनमा कसरी रकम विनियोजन गर्ने भन्ने विषयमा छलफल हुँदाहुँदै विषयभन्दा बाहिरको कुरामा दुईबीच भनाभन सुरु भएको थियो । भनाभनकै क्रममा बोतल प्रहार भएपछि बैठक खल्बलिन पुगेको सुवेदीले बताए, राजधानी दैनिकमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्