११ असार २०८३, बिहीबार

यस्तो बन्दै छ  प्रधानमन्त्री ओलीको भारत भ्रमण तालिका

चैत १४, २०७४
यस्तो बन्दै छ  प्रधानमन्त्री ओलीको भारत भ्रमण तालिका

काठमाडौँ, १४ चैत- अहिलेसम्मको तयारीअनुसार प्रधानमन्त्री केपी ओलीले चैत २३ देखि २५ सम्म भारतको राजकीय भ्रमण गर्दै छन् । 

ओलीको सम्मानमा नेपाली दूतावासले २३ चैतमा रात्रिभोज आयोजना गर्दै छ, दिल्लीमा त्यसको तयारी हुँदै छ । २४ चैतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ । दिवाभोजअघि ओली र मोदीबीच एकान्त वार्ता हुनेछ भने त्यसपछि औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता हैदरावाद हाउसमा हुनेछ । 
लगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ । सोही दिन ओलीले राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बैंकया नायडुसँग भेटवार्ता गर्दै छन् । राष्ट्रपति कोविन्दले ओलीको सम्मानमा स्टेट डिनर दिने तयारी भएको छ । ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघद्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने तयारी भइरहेको पनि आजको नयाँ पत्रिकाले खबर छापेको  छ  ।

salt training

कमेन्ट गर्नुहोस्