२२ जेठ २०८३, शुक्रबार

गगन थापाले दिपकराज गिरीसँग मागे कांग्रेस जोगाउने मन्त्र !

गगन थापाले दिपकराज गिरीसँग मागे कांग्रेस जोगाउने मन्त्र !

गगन थापाको कानमा हास्य कलाकार दीपराज गिरीले एउटा मन्त्र फुकेका रहेछन् । 

अब नेपाली कांग्रेसको साख कसरी फर्काउने ?

भनेर गगनले सोध्दा दीपकले भनेछन्, आजभोलिमा केपी ओलीसँग भेट हुने सम्भावना छ । त्यसबेला म भन्छु, तपाईहरुले बेला बेलामा नेपाली कांग्रेस पार्टी अहिले पनि छ त्यसको सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ भनेर भाषण गरिदिनुपर्यो ।’ गगनले सोधे यसो गरे के हुन्छ ?’ दीपकले भने, जनतामा अहिले कांग्रेस नै छैन, सक्किइसक्यो भन्ने परेको छ । एमालेकै नेताले कांग्रेस पार्टी  अझै पनि छ है भनेर पाँच वर्षसम्म भनिदिए कांग्रेसका भोटरले पनि पत्याउने भए । कम्तिमा कांग्रेस छ भन्दा मात्रै मतदाता सुरक्षित हुन्छन् ।’

केही दिनअघि पुरानो बानेश्वरको अनुपम पुडल्याण्डमा एक कांग्रेस कार्यकताको विवाहभोज चल्दा गगन, गुरु घिमिरे, उर्मिला थपलियासहित नेविसंघ पृष्ठभूमिका एक हुन नेता दिपकराज गिरीको सुझाव सुने पेट मिचिमिचि हासेका आजको जनआस्थामा समाचार छ ।  । उर्मिलाले भनिन् ‘कांग्रेस छ भनिदिए त राम्रै हो तर शेरबहादुर नै सभापति छन् भनेपछि दिनेले पनि भोट नदेलान् नि !’
 

salt training

कमेन्ट गर्नुहोस्