२३ जेठ २०८३, शनिबार

भारतमा रहँदा ओली राष्ट्रपति भवनमा बस्ने, यस्तो छ अन्य कार्यक्रम

भारतमा रहँदा ओली राष्ट्रपति भवनमा बस्ने, यस्तो छ अन्य कार्यक्रम

काठमाडौं १४ चैत–आगामी साता हुने भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय राष्ट्रपति भवनमा राखिने भएको छ । ओलीको भ्रमण अप्रिल ६ (चैत २३ गते)देखि तय भएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । 

भ्रमणका क्रममा एउटा विश्वविद्यालयले ओलीलाई मानार्थ विद्यावारिधीको उपाधि दिने कार्यक्रम समेत तय भएको टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले लेखेको छ । नेपालका प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्ने परंपरालाई निरन्तरता दिदै ओली दिल्ली आउन लागेको सो समाचारमा जनाइएको छ । 

चीनले अप्रिल ८ मा बेइजिङमा आमन्त्रण गरेपनि ओलीले पहिलो भ्रमण भारतबाट गर्न लागेको उसले लेखेको छ । ओलीको भारत भ्रमणले दुईदेशबीचको तनाव कम हुने समेत उल्लेख गरिएको छ । 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रम छ । 
 

salt training

कमेन्ट गर्नुहोस्