
विषय मामुली हो, स्वागत मन्तव्यको । तर यही विषयलाई लिएर अहिले महाभारत मच्चिएको छ माओवादीनिकट जनसांस्कृतिक महासंघमा । प्रसंग हो प्रतिरोध दिवसको ।
चैत ५ गते राष्ट्रिय सभागृहमा पूर्वप्रधानमन्त्री प्रचण्डको आतिथ्यमा कार्यक्रम सम्पन्न भयो । माओवादी निकट आठ जनसंस्कृतिकर्मी रायन, जीवन शर्मा, विमल निभा, सीता आचार्य, सुभाष गजुरेलसहित राष्ट्रिय सम्मानबाट सम्मानित भए ।
जसै कार्यक्रम सकियो तर सरल सहयात्री र विमला केसीबीचको सम्बन्धलाई जोडेर पदाधिकारीले लफडा शुरु गरेपछि अहिले भुसको आगो फैलिएको छ ।
जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् सरल सहयात्री । कार्यक्रममा स्वागत मन्तव्य राख्नुपर्ने थियो । उनले महासंघकै सचिवालय सदस्य विमलालाई मञ्च दिए ।
१५ उपाध्यक्ष, १ कोषाध्यक्ष र ९ सचिव रहेको महासंघमा सवैलाई वाइपास गर्दै जुनियर तथा सचिवालय सदस्य विमलालाई मञ्च दिएपछि अरु पदाधिकारी रुष्ट भएका हुन् । यद्दपि सरलले महिला भएका कारण विमलाई स्वागत मन्तव्य राख्न मञ्च दिएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन् ।