
समाचारवाचिका मोटी भएको भन्दै एक टेलिभिजनका हाकिमले न्युज रिडरलाई गलहत्याउको देखिए/सुनिएको हो ।
तर, सिने नगरिमा एक जना नायिका मोटी भएकै कारण निर्माता र निर्देशकको पेलाइमा परेकी छन् ।
यसरी मोटी भएकै कारण सिनेमा गुमाउने नायिका हुन् वर्ष शिवाकोटी ।
सिक्वेल चलचित्र निर्माता विकास आचार्यले निर्माण गर्न लागेको नाइँ नभन्नू ल बाट उनी यही साता आउट भएकी हुन् । सो स्थानमा विकासले स्मिल केकी अधिकारीलाई ल्याएर अस्ति मात्र चलचित्रको मुहूर्त गरेका छन् ।
चर्चा अनुसार वर्षा यसरी आउट हुनुको कारण यो मात्र भने होइन । यही सिक्वेल चलचित्रमा अभिनय गरेर चर्चा कामाएका कलाकार हुन् अनुभव रेग्मी ।
उनकै हठका कारण वर्षालाई आउट गर्न विकास बाध्य भएको चर्चा पनि छ ।
नाई नभन्नू ५ मा वर्षालाई राख्ने भए आफू यो फिल्म कुनै हालतमा नखेल्ने उनको अड्डीका कारण वर्षा आउट र केकी इन भएको चर्चासमेत फिल्म युनिटभित्र चल्न थालेको छ । केही समयअघि वर्षा राउत र वर्षा शिवाकोटीबीच लफडा थियो ।