२५ जेठ २०८३, सोमबार

छोरालाई सधैं कुट्थिन सरला, तातो ईस्त्रीले नै डामेपछि विद्यालयले गुहार्‍यो प्रहरी

चैत १४, २०७४
छोरालाई सधैं कुट्थिन सरला, तातो ईस्त्रीले नै डामेपछि विद्यालयले गुहार्‍यो प्रहरी

विराटनगर, १४ चैत- अन्नपूर्ण बोर्डिङ स्कूल, विराटनगरमा युकेजीमा अध्ययनरत एक बालक सधैँजसो विद्यालय ढिला गरी आउँथे । मंगलवार पनि उनी विद्यालय आइपुग्न ढिलै भयो । विद्यालयकी शिक्षिकाले उनीसँग ढिला आउनुको कारण सोधिन् । त्यसपछि जब ती बालकले आफ्नो शरीरको आलो घाउ देखाए, तब शिक्षिकाको होस उँड्यो । ती बालकको शरीरभरी तातो आइरनले डामेको निसान थियो ।

खासमा उनलाई यसरी यातना दिने अरु कोही नभएर उनकी आमा सरला काफ्ले थिइन् ।

आमाबाट उनले यातना पाएको यो पहिलोपटक थिएन, त्यसअघि उनले यातना पाउने गरेका थिए । विद्यालयले ती आमालाई छोरा नकुट्न पटक-पटक आग्रह पनि गर्‍यो, तर उनले कहिल्यै मानिनन् ।

पटक-पटकको आग्रहलाई बेवास्ता गर्दै छोरालाई यातना दिन नछाडेपछि विद्यालय विराटनगर- ३ की सरला काफ्लेविरुद्ध प्रहरी प्रशासन गुहार्ने निष्कर्षमा पुग्यो ।

तातो आइरनले पोलेको घाउ बच्चाले देखाएपछि आफूहरू सहन नसकेर बच्चाका बाबु र प्रहरी प्रशासनलाई खबर गरेको विद्यालयका प्रिन्सिपल अमिस रेग्मीले बताए ।

छिमेकीले बच्चा नकुट्न आग्रह गरेपनि उनले झनै बढी यातना दिन थालेकी थिइन् ।

श्रीमान/श्रीमतीबीच आपसी झगडाको रिस उनले  छोरामाथि पोख्ने गरेको छिमेकी सीता अर्याल बताउँछिन् । उनका श्रीमा विक्रम काफ्ले काठमाडौंमा बस्छन् ।

बुढा भएका बाबुआमालाई पनि श्रीमतीले यातना दिएपछि उनले काठमाडौंमा आफूसँगै राखेका छन् । ‘बुढा भएका बाबुआमालाई सरलाले यातना दिएपछि काठमाडौं लगेँ, छोरोसँगै थियो, यस्तो भएछ,’ उनले भने ।

आमाबुबालाई यातना दिने, झै-झगडा गर्ने गरेका कारण आफूहरू छुट्टै बस्न थालेको र सम्बन्धविच्छेदका लागि मुद्दासमेत हालेको उनले बताए । अदालतमा १८ गते तारिख रहेको बताउँदै उनले त्यतिञ्जेल बच्चा आफूसँगै राख्ने अनुमति दिन प्रहरीलाई अनुरोधसमेत गरे ।

उनको आग्रह स्वीकार्दै प्रहरीले ती बालकलाई बाबुको जिम्मा लगाएको छ । आमा सरलालाई भने हिरासतमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्