२५ असार २०८३, बिहीबार

देउवाको नेतृत्वमा कांग्रेसलाई बलियो र संगठित बनाउन सकिन्न : नेता सिंह

देउवाको नेतृत्वमा कांग्रेसलाई बलियो र संगठित बनाउन सकिन्न : नेता सिंह

नेपालगन्ज, १४ चैत-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट कांग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेद्वारा बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै कांग्रेसको सांगठनिक अवस्था कमजोर भएको हो ।'

नेता सिंहले नेपाली कांग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प छैन, टालटुले कुरा र व्यवहारका कारणले नै पार्टीले निर्वाचनमा नराम्रो पराजय भोग्नु परेको हो, भने ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले कांग्रेसभित्र आमूल परिवर्तनको खाँचो छ, यसका लागि नयाँ नेतृत्वसहित संरचनागत अवस्थामा सुधार गर्नुपर्छ,' भने ।

अर्को एक प्रश्नको जवाफमा नेता सिंहले भने, 'अहिलेको सरकारको गतिविधि हेर्दा जनवादको पूर्व अभ्यास गरे जस्तो देखिन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्