
काठमाडौं, १४ चैत- काठमाडौंको नयाँ बानेश्वरमा रहेको हिमालयन जाभा कफी सपले सांसद र पत्रकारहरूका लागि छुटको घोषणा गरेको छ । चैत्र १ गतेदेखि लागू हुनेगरी सांसद र पत्रकारका लागि १० प्रतिशत छुट दिन लागिएको सञ्चालक सन्तकुमार मेहताले बताए ।
संसद भवन नयाँ बानेश्वरबाट सबैभन्दा नजिकको जाभा सेन्टर भएकोले सांसदहरूलाई छुट दिन लागिएको मेहताले बताए । छुट लिनको लागि सांसद र पत्रकारले परिचय पत्र देखाए पुग्नेछ ।
सन् २०१७ को नोभेम्बरदेखि सञ्चालनमा आएको यो हिमालयन जाभा कफीको २९औं आउटलेट हो । पशुपतिनाथ मन्दिरका मुख्य पूजारी गणेश भट्टले यो कफी सपको उद्घाटन गरेका थिए ।