
सुमन सुस्केरा, १४ चैत– जनक शिक्षा सामाग्री केन्द्रले १ नम्बर प्रदेशका पहाडी जिल्लामा ९५ प्रतिशत पुस्तक पुर्याई सकेको दाबी गरेको छ ।
केन्द्रका प्रमुख ज्ञाननाथ चिमरियाले यो वर्ष १ नम्बर प्रदेशमा पाठ्यपुस्तक अभाव नहुने जानकारी दिए ।
उनले यो बर्ष पाठ्य पुस्तक अभाव हुन नदिनको लागि जनक शिक्षा सामाग्री केन्द्रले आफ्नो कामलाई तिब्र पारेको बताए ।
बैशाख ७ गते सम्ममा सबै बिद्यालयहरुमा पुस्तक पु¥याउने गरी काम भईरहेको चिमरियाले जानकारी दिए ।
१ नम्बर प्रदेशका जिल्लाहरुमा २५ लाख ६८ हजार पुस्तक आबस्यक रहेकोमा २१ लाख ६ हजार ८ सय ६२ पुस्तक आईसकेको र अधिकांश पुस्तक वितरण भईरहेको चिमरियाको भनाइ छ । मागको आधारमा जनक शिक्षा सामाग्री केन्द्र मार्फत डिलरहरुमा जानु पर्ने पुस्तकमा अब ४ लाख ६१ हजार ५ सय ८८ पुस्तक आबस्यक रहेको छ । पहाडी जिल्लामा पठाईएका पुस्तकमा सेटमा एउटा पुस्तक कमी नभएको चिमोरीयाले बताए ।
अतिरिक्त गणित आएन
एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे नेतृत्वको अनुगमन टोलीले पुस्तकको अवस्थाको बारेमा जानकारी लिएको थियो । अनुगमनको क्रममा जनक शिक्षा सामाग्री केन्द्रले बितरण गर्नु पर्ने पुस्तकहरु
मध्य अतिरिक्त गणित बिषयमा समस्या देखिएको छ । कक्षा १० को अतिरिक्त गणितको कुनैपनि पुस्तक प्राप्त नभएको चिमरियाले बताए ।
एक हजार पुस्तक आवस्यक रहेकोमा कुनैपनि पुस्तक नआएकोले चाँडै आउने स्पष्ट पारे ।
कक्षा ७ को गणित नपाएको गुनासो
ईलामबाट पुस्तक लिन आएका जनता मावी चुलाचुलीका प्रधानाध्यापक हरि ढकालले जनक शिक्षा सामाग्री केन्द्रमा कक्षा ७ को गणित बिषय नपाएको गुनासो गरे ।
पुस्तकको पैसा तिर्नको लागि आएका उनले पैसा तिरेपनि गणित बिषयको पुस्तक भने नपाईएको गुनासो गरे ।
१ देखि ५ कक्षासम्म समस्या छैन
पुस्तकको अभाव हुन नदिनकोलागि १ नम्बर सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका प्रकाशन गृहमा पुगेर पनि पुस्तकको अबस्थाको बारेमा जानकारी लिएको छ ।
कक्षा १ देखि ५ सम्मको जिम्मेवारी पाएको नीजि मुद्रण कम्पनीहरुले १४ वटै जिल्लामा पुस्तक पुगि सकेको जनाएको हो ।
फ्ल्यास रिपोर्टका आधारमा सबै पुस्तक नजाने भएकोले ४० प्रतिशत मात्र पुस्तक बिद्यालयले लग्ने अन्य पुस्तक नजाने गरेको नेपाल मुद्रण ब्यवसायी संघले जनाएको छ। संघका मोरङ अध्यक्ष लभकुमार घिमिरेले एकलाख २७ हजार ८ सय पुस्तक फ्ल्यास रिपोर्टमा माग ११ हजार ७ सय १० सेट पुस्तक मात्र बिक्री भएको जानकारी दिए ।
उनका अनुसार, ‘अहिलेसम्मको अबस्थालाई हेर्दा फ्लास रिपोर्टको आधारमा कुनैपनि बिद्यालयले शत्प्रतिशत पुस्तक लग्दैनन् ।’ मागको आधारमा करिब ४० प्रतिशत मात्र पुस्तक सम्बन्धित बिद्यालयहरुमा पुग्ने गरेका छन् । अहिले पुस्तक छपाईको काम नीजि प्रकाशन गृहहरुले अधिकांश सिध्याएको जानकारी दिईएको छ । पर्याप्त पुस्तक छपाई भएकोले पुस्तक अभाव हुनै नसक्ने घिमिरेको दाबी छ ।
पुस्तक अभाव गरिए कार्वाही हुन्छ
सामाजिक विकास मन्त्री जीवन घिमिरेले हरेक बर्ष जस्तो पुस्तक अभावको समस्या आउन नदिनको मन्त्रालय स्तरबाट पहल शुरु भएको जानकारी दिए ।
‘गत बर्षको जस्तो समस्या आउने अबस्था छैन, उनले भने, यदी नीजी क्षेत्रका मुद्रण ब्यवसायीले अभाव गराउने उदेश्य राख्छन् भने उनीहरुको लाईसेन्सको बिषयमा सोच्नुपर्छ ।’ मन्त्री घिमिरेले नीजी तथा जनकशिक्षा सामाग्री केन्द्र सबैले पुस्तकको अभाव हुन नदिने भन्दै प्रतिबद्धता जनाएकोले यदी कसैले पुस्तक हुँदाहुँदैपनि पुस्तक छैन भन्छ भने कार्वाहीको दायरामा आउने चेतावनी दिए ।