
काठमाडौं, १४ चैत– कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” अभियान अन्तर्गत १७ जना भाग्यशाली बिजेताको नाम घोषणा गरिसकेको छ । अझै २३ जना भाग्यशाली बिजेताको नाम घोषणा गर्न बाँकी छ । कोकाकोलाले चौथोे हप्ताका ४ भाग्यशाली को नाम घोषणा गरेको छ ।
कोक पिएवापत रसिया जान पाउने ४ जनामा काठमाडौंको बौद्धका फुर्ब शेर्पा, ललितपुरको चापागाउँका सानु बाबु कपिल, काठमाडौं ठमेलका प्रचण्ड मान बानिया र स्याङ्जाका आकाश उपाध्याय छन् । यस्तै यो हप्ता काठमाडौं तिलगंगाका प्रेम चौधरीले २४ इन्चको टेलिभिजन जितेका छन् ।
कोकाकोलाको यो योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले रसिया पुगेरे सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । त्यसको लागी हरेक हप्ता ४ जना भाग्यमानी बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुँदै आईरहेको छ । यस्तै हरेक हप्ता २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्छन् । हरेक दिन २०० जनाले फिफा र कोकको लोगो अंकित बिशेष उपहार जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जित्न सक्ने छन् ।
यसमा सहभागी हुनका लागि उपभोक्ताले १० अंकको युनिककोड जुन लेबलको पछाडि राखिएको हुन्छ, त्यसलाई Coke <Space> युनिककोड लेखि ३७७२२ मा एसएमएस गर्नु पर्नेछ ।
