३० जेठ २०८३, शनिबार

सरकारलाई  युनेस्कोको सहयोग जारी रहने

चैत १४, २०७४
सरकारलाई  युनेस्कोको सहयोग जारी रहने

काठमाडौँ, १४ चैत -  नेपालसँगको २० वर्षको सहयात्रामा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन(युनेस्को)ले यहाँको शैक्षिक उन्नयन तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । 

युनेस्को र नेपालबीचको दुई दशकको साझेदारीको अवसर पारेर युनेस्कोका प्रतिनिधि क्रिष्टियन म्यानहार्टले आज साँझ  आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालका अनमोल सांस्कृतिक सम्पदाको संरक्षण तथा खोजीमा युनेस्कोले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । 

उहाँले भूकम्पबाट क्षतविक्षत ऐतिहासिक सम्पदाको पुनःस्थापना तथा पुनःनिर्माणमा युनेस्कोबाट निरन्तर रुपमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै पत्रकारिताको व्यावसायिक विकास तथा सामुदायिक सञ्चारको विस्तारमा उक्त संस्थाले गरेको योगदान अविष्मरणीय रहेको बताउनुभयो । 

संयुक्त राष्ट्र संघका आवासीय समन्वयकर्ता भ्यालेरी जुलियान्डले युनेस्कोले स्थापनाकालदेखि नै नेपालमा शान्ति प्रक्रिया, शिक्षा, विज्ञान तथा प्रविधिका साथै प्रेस स्वतन्त्रताको रक्षा र सञ्चार क्षेत्रको विकासमा सघाएको बताउँदै त्यस्तो सहयोग भविष्यमा पनि जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्