०५ असार २०८३, शुक्रबार

गोली हानेको ६ वर्षपछि मलाला युसुफजाई पाकिस्तानमा

चैत १५, २०७४
गोली हानेको ६ वर्षपछि मलाला युसुफजाई पाकिस्तानमा

काठमाडौं, १५ चैत– नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई ६ वर्षपछि पाकिस्तान फर्किएकी छन् । तालेबान लडाकुहरूले उनीमाथि गोली प्रहार गरेको घटनापछि पहिलो पटक उनी पाकिस्तान फर्केकी छन् ।

अहिले २० वर्षकी भएकी मलालालाई झण्डै ६ वर्षअघि सन् २०१२ मा बालिका शिक्षाको पक्षमा बोलेको भन्दै तालिबान बिद्रोहीले आक्रमण गरेको थिए । १५ वर्षको हुँदा मलालालाई उनकै स्कूलमा तालिबानले आक्रमण गरेका हुन् । उनी अहिले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनरत छिन् ।

कडा सुरक्षाबीच इस्लामावादस्थित बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा उनी आफ्ना बाबुआमासँगै देखिएकी हुन् । मलालाको पाकिस्तान भ्रमणको विवरण गोप्य राखिएको छ । 

सुरक्षाका कारण भ्रमणको विवरण गोप्य राकिएको एक अधिकारीले समाचार संस्था एएफपीलाई बताएका छन् । 

पाकिस्तानी टेलिभिजनले इस्लामाबादको बेनजिर भुट्टु अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना अभिभावकसँगै कडा सुरक्षाका बिच निस्कँदै गरेको भिडियो देखाएका छन् । मलाला चार दिनसम्म पाकिस्तानमा रहने र उनको साथमा मलाला फाउण्डेशन समूहका अधिकारी पनि रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

मलालाले सन् २०१४ मा भारतका कैलाश सत्यार्थीसँगै संयुक्त रुपमा नोबेल शान्ती पुरस्कार पाएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्