२२ जेठ २०८३, शुक्रबार

भोजपुरकाे साक्षरता प्रतिशत ९६.४३

भोजपुरकाे साक्षरता प्रतिशत ९६.४३

भोजपुर, १५ चैत- भोजपुर जिल्लालाई चैत २५ गते साक्षर जिल्ला घोषणा गरिनेभएको छ । अनौपचारीक शिक्षा समितिको बुधबार अपराह्न बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका साक्षरता प्रतिशत ९६ दशमलव ४३ प्रतिशत पुगेसँगै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेले जानकारी दिनुभयो । 

हाल जिल्लाका ११० स्थानमा साक्षरता कक्षा सञ्चालन भइरहेको र त्यसबाट १ हजार ६५० जनाले निरन्तर कक्षा लिइरहेको जिल्ला शिक्षा कार्यलयको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

यसैबीच, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा सदरमुकामको स्थानीय टुँडिखेलमा जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम तय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्