काठमाडौं, १६ चैत — चीनले बिहीवार भारतसँगको सम्बन्ध विशेष गतिमा अघि बढिरहेको अनि दोक्लमपछि उच्चस्तरीय भ्रमणमार्फत सम्बन्धलाई फेरि सही बाटोमा ल्याउन प्रयास भइरहेको बताएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता लू काङले भारतका तर्फबाट दलाई लामाका कार्यक्रम दिल्लीमा रद्द गराएको विषयमा प्रश्नको उत्तर दिएनन् । लूले संवाददाताहरूसँग भने, ‘हालै दुवै पक्षका तर्फबाट ठोस प्रयासका कारण चीन र
भारतको सम्बन्ध विशेष रूपमा अघि बढेको छ । हामीले विभिन्न क्षेत्रमा सहयोगका विषयमा उपलब्धि हासिल गरेका छौं ।’
भारतीय रक्षामन्त्री निर्मला सीतारमणको आगामी चीन भ्रमण दुई देशबीचको सैन्य सम्बन्ध विकसित गर्न द्विपक्षीय सम्बन्धको प्रगतिमा महत्त्वपूर्ण रहेको चिनियाँ रक्षा मन्त्रालयले बतायो ।
एजेन्सी