काठमाडौं, १६ चैत — एकजना बिरामीले दिमागको शल्यक्रिया गराउने क्रममा चिकित्सकहरूकै अगाडि बाँसुरी बजाएकी छन् ।
आन्ना हेनरी टेक्सासको अस्पतालमा चिकित्सकहरूले शल्यक्रिया गर्दा पूरै जागा रहिन् । उनको हात काँप्ने समस्याको समाधानका लागि मस्तिष्कको शल्यक्रिया गराइरहेकी थिइन् । हात काँपेका कारण उनको करीयर नै धरापमा परेको थियो ।
यी व्यावसायिक बाँसुरीवादकलाई बालककालदेखि नै यो वंशाणुगत रोग लागेको थियो जसले गर्दा उनको टाउको र हातहरू काँप्ने गर्थे ।
चिकित्सकहरूले उनको मस्तिष्कमा इलेक्ट्रोडहरू हालेर कम्पनमा नियन्त्रण गर्ने प्रयास गरे । तर शल्यक्रियाका बेलामा उनी जागै रहनुपर्थ्यो जसले गर्दा इलेक्ट्रोडले काम गरे नगरेको पत्ता लाग्थ्यो ।
त्यसैले उनले यसको असरमा परीक्षण गर्नका लागि शल्यक्रियाकै बीचमा बाँसुरी बजाइन् ।
एक रेकर्डिङमा हेनरीले नकाँपिकन बाजा बजाइरहेको सुनिन्छ भने चिकित्सक र नर्सहरूले बाजा बज्न छोडेपछि ताली बजाउँछन् ।
दी इन्डिपेन्डेन्टबाट