०४ असार २०८३, बिहीबार

संशोधन हुने भयो प्रेस काउन्सिल ऐन

चैत १६, २०७४
संशोधन हुने भयो प्रेस काउन्सिल ऐन

ललितपुर, १६ चैत - प्रेस काउन्सिल ऐन झण्डै २६ वर्षपछि संशोधन हुने भएको छ । 

‘प्रेस काउन्सिल ऐन संशोधन’ विषयक आज आयोजित छलफल कार्यक्रममा बोल्दै कामु अध्यक्ष किशोर श्रेष्ठले ऐन पुरानो भएकाले समयसापेक्ष नभएको बताए । 

कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालय र पत्रकारिताको काम गर्ने शैली फरक भए पनि उद्देश्य एउटै भएको बताए  । उनले भने, “दुवैको उद्देश्य सत्यको खोजी नै हो ।” लोकतन्त्रमा जनताको नजिक रहने र जनताले विश्वास गर्ने क्षेत्र पत्रकारिता नै भएकामा उनको  जोड छ । 

राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले  कुनै पनि व्यक्तिलाई आरोप लगाएर समाचार लेख्दा एकतर्फी हुन नहुनेमा जोड दिए  । 
वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले पत्रकार आफैँ जागरुक भए नियममा बाँध्नका लागि कानून नचाहिने विचार राखे । 

काउन्सिलका कावा अध्यक्ष श्रेष्ठले विसं २०४८ मा बनेको ऐनले अनलाइन मिडिया नसमेटेको बताए  । उनले भने , “सबैभन्दा बढी समस्या अनलाइन मिडियामा भए पनि ऐनले यस क्षेत्रलाई समेटेको छैन ।” मिडियासम्बन्धी अरू ऐनसँगै प्रेस काउन्सिल ऐनको मस्यौदा अघि बढ्ने उनले बताए  । 
 

salt training

कमेन्ट गर्नुहोस्