११ असार २०८३, बिहीबार

वडा अध्यक्षले सिमेन्ट चोरेपछि पुल निर्माण कार्य प्रभावित

चैत १७, २०७४
वडा अध्यक्षले सिमेन्ट चोरेपछि पुल निर्माण कार्य प्रभावित
सन्दर्भ तस्वीर

नवलपरासी, १७ चैत– नवलपरासी (पूर्व) को कावासोती नगरपालिका १ र वेदचुली नगरपालिका ९ जोड्नेगरी निर्माण भइरहेको पुलबाट जनप्रतिनिधिकै संलग्नतामा सिमेन्ट चोरी भएको छ ।

निर्माणाधीन लोकाहा भोरीखोला फूलका लागि ल्याइएको सिमेन्ट वडाध्यक्षको संलग्नतामा चोरी भएको स्थानियवासीको आरोप छ । पुल निर्माका लागि राखिएको ९० बोरा सिमेन्ट कावासोती नगरपालिका(१ का अध्यक्ष नारायण पन्तको संलग्नतामा निर्माणस्थलमा खटिएका सुपरभाइजर गोपाल थापासहितको व्यक्तिले चोरेको स्थानियको आरोप छ । 

सिमेन्ट चोरी भएपछि पुल निर्माण प्रभावित भएको छ । चोरी गरेको सिमेन्ट स्थानिय कमल भूसालको घरमा फेला परेको छ । सिमेन्ट वडाध्यक्ष पन्तकै वडास्थित रिट्ठेपानीमा निर्माण हुन लागेको बाटोको प्रयोगका लागि लगेको भूसालले बताए । 

भूसाल बाटो निरमाण समितिका कोषाध्यक्ष हुन् भने वडाध्यक्ष पुल निर्माण समितिका सचिव हुन्। भूसालले भने ९ सय २० रूपैयाँ पर्ने सिमेन्ट ८ सयमा पाएपछि किनेको बताए ।, नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्