
धनगढी, १७ चैत- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलाली अध्यक्षमा पत्रकार लखन चौधरी सर्वसहमत चयन भएका छन् ।
आज (शनिबार) सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट चौधरी अध्यक्षमा चयन भएका हुन् ।
एक दशकदेखि कैलाली जिल्लाबाट पत्रकारिता गरिरहेका चौधरी धनगढीबाट प्रकाशित हुने पहुरा थारु दैनिकका सहसम्पादक हुन्, भने अनलाइन मिडिया लोकान्तर डटकमको प्रदेश नं. ७ का प्रतिनिधि हुन् । समितिको उपाध्यक्षमा हरेन्द्र चौधरी, सचिवमा राम दहित, कोषाध्यक्षमा दुर्जनकुमार चौधरी, सहसचिवमा हेमा चौधरी चयन भएकी छिन् ।
सदस्यमा मोहन चौधरी, प्रेम चौधरी, वीरबहादुर चौधरी, स्वरुप चौधरी, बालकृष्ण चौधरी, सागर कुश्मी रहेका छन् । त्यस्तै चैत २३ र २४ गते काठमाडौंमा हुने फोनिजको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा संघीय प्रतिनिधिमा पत्रकार गणेश चौधरी, भीम चौधरी र उन्नती चौधरीलाई चयन गरिएको छ । भने पर्यवेक्षकमा मुकेश टेंर्रालाई चयन गरिएको जिल्ला अध्यक्ष लखन चौधरीले बताए । सो जिल्ला अधिवेशनबाट प्रादेशिक प्रतिनिधिमा पत्रकार प्रेम चौधरी र दिनेश दहितलाई छनौट गरिएको छ ।
निवर्तमान जिल्ला अध्यक्ष अनत चौधरीको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि फोनिजका पूर्व जिल्ला अध्यक्ष एंव गोरखापत्रकर्मी अविनाश चौधरी रहेका थिए । त्यस्तै, कार्यक्रममा प्रेस युनियन कैलालीका वरिष्ठ उपाध्यक्ष भीम चौधरी, प्रेस सेन्टर नेपालका प्रदेश नं. ७ उपाध्यक्ष मुकेश र्टेर्रा, थारु पत्रकार संघका प्रदेश नं. ७ संयोजक उन्नती चौधरीलगायत मन्तव्य राखेका थिए ।