१२ असार २०८३, शुक्रबार

श्रीमतीको हत्या गरेर फरार रहेका प्रकाश पक्राउ

श्रीमतीको हत्या गरेर फरार रहेका प्रकाश पक्राउ

काठमाडौँ, १७ चैत– प्रहरीले श्रीमतीको हत्या गरी फरार अभियुक्त श्रीमान्लाई २४ घण्टा नबित्दै पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट बेलकोटगढीकी २३ वर्षीया नमुना लामाको हत्याको अभियोगमा सोही क्षेत्रकै २१ वर्षीय प्रकाश तामाङलाई आज पक्राउ गरेको हो । 

अभियुक्त तामाङले शुक्रबार ३ बजे चन्द्रागिरि नगरपालिका–१४ नैकापमा डेरामा बस्दै आएकी श्रीमतीलाई शरीरका विभिन्न भागमा धारिलो छुरा प्रहार गरी हत्या गरी फरार भएकामा धादिङ गोगनपानी गल्छीबाट पक्राउ गरिएको थियो । 

छ वर्षअघि विवाह बन्धनमा बाँधिएका उनीहरुबीच लामो समयदेखि मनमुटाव रहेको र श्रीमती तामाङले घर छोडेर बाहिर बस्ने गरेको तथा परपुरुषसँगको सम्बन्धका कारण बारम्बार झगडा हुने गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्