३१ जेठ २०८३, आइतबार

बँदेलको आक्रमणमा परी अधिकृत घाइते

चैत १७, २०७४
बँदेलको आक्रमणमा परी अधिकृत घाइते

कञ्चनपुर, १७ चैत - बँदेलको आक्रमणमा परी जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत ४२ वर्षीय जिवछ यादव आज गम्भीर घाइते हुनुभएको छ । 

सिद्धनाथ सामुदायिक वन, ब्रह्मदेवको उत्तरतर्फको वनमा डढेलो नियन्त्रण गर्न गएका अधिकृत यादवलाई रुखको टोड्कामा लुकेर बसेको बँदेलले दौडेर एक्कासि आक्रमण गरेको जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत वीरबहादुर ठगुन्नाले बताउनुभयो । 

यादवको घाँटीनेरको भागमा गम्भीर चोट लागेको उहाँले बताउनुभयो । गम्भीर घाइते यादवको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजतर्फ लगिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्