३१ जेठ २०८३, आइतबार

आफ्नै स्कुलबाट परीक्षा दिए हुँदैन ?

चैत १८, २०७४
आफ्नै स्कुलबाट परीक्षा दिए हुँदैन ?

काठमाडौँ, १८ चैत - सूर्यप्रकाश मावि पलैंटे सुर्खेत पढेकी गौरीकला रोकाया एसईई परीक्षा दिन विद्याज्योति मावि बाबियाचौर आइन् ।

घरदेखि २ घण्टा टाढाको अर्को विद्यालयमा परीक्षा केन्द्र निर्धारण भएपछि उनको परिवारले बाबियाचौरमै कोठा खोजे । कोठामा उनी एक्लै बस्थिन् । तीन विषयको परीक्षा दिइन् । तर चौथो परीक्षा दिनु अगावै मंगलबार डेरामै मृत फेला परिन् । बलात्कारपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

बैतडी, कैलापालकी १७ वर्षीया पूजा बोहरा सिद्धेश्वर उमाविमा पढ्थिन् । ०६८ चैत ७ देखि सुरु एसएलसी परीक्षा केन्द्र बैतडी, पाटनबजारस्थित श्रीकृष्ण उमाविमा तोकियो । केन्द्रबाट उनको घर ५ घण्टा पैदल यात्रा गर्नुपथ्र्यो । परीक्षा बिहानै ८ बजेदेखि हुने भएपछि बुबाले बजारमै एक आफन्तको घरमा बस्ने व्यवस्था मिलाइदिए । दुई दिनको परीक्षापछि गणितको तयारीका लागि आफन्तको अनुमति लिएर उनी पाटनबजारस्थित पुस्तक पसलमा गेसपेपर किन्न गएकी थिइन् । पसलमा पानी माग्दा लठ्याउने पेय पदार्थ खुवाएर उनलाई बलात्कार गरियो । उनले परीक्षा दिन सकिनन् । मानसिक अस्पतालमा राखेर उपचार गराउनुपर्‍यो ।
यी घटना कक्षा १० को अन्तिम परीक्षा (एसएलसी/एसईई) दिन अर्को विद्यालयमा रहेको परीक्षा केन्द्र जाँदा भएका हुन् । यस्ता घटना हरेक वर्ष कुनै न कुनै विद्यार्थीमा हुने गर्छन् । आफूले पढेको विद्यालय छाडेर अर्को विद्यालयको परीक्षा केन्द्रमा परीक्षा दिन जाँदा हुने दुव्र्यवहार र बलात्कारका घटना कति सार्वजनिक हुन्छन्, कति गुपचुप बनाइन्छन् । साहसी छात्रा आफूमाथि भएको अन्याय र अस्मिता लुट्नेलाई कारबाही गर्न प्रहरीमा उजुरी दर्ता गर्छन् ।

अनि यस्ता घटना बाहिर आउँछन् । जसले आफ्नो बेइज्जत हुने डरले लुकाइएका घटना कति छन् कति ।

शिक्षा मन्त्रालयले परीक्षा मर्यादित बनाउने नाममा एउटा विद्यालयका विद्यार्थीलाई अर्को विद्यालयमा परीक्षा दिन बाध्य पार्दै आएको छ । नयाँ ठाउँमा परीक्षा दिन जाने छात्रभन्दा छात्राले बढी सास्ती र अनपेक्षित दुर्घटना बेहोर्ने गरेका छन्, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्