२५ असार २०८३, बिहीबार

अल्कामा अस्पतालमा उपचार गराउँदा यसरी गयो बिरामीको ज्यान

कात्तिक २०, २०७४
अल्कामा अस्पतालमा उपचार गराउँदा यसरी गयो बिरामीको ज्यान
काठमाडौं, २० — ललितपुरको हल्का अस्पतामा बिरामीको मृत्यु भएपछि तनाब सिर्जना भएको छ । १० दिन देखि अल्का अस्पतालमा उपचाररत धरानकी गंगा राइको हिँजो निधन भएको थियो ।

‘आमा दिन वर्ष देखि लिभरको विरामी हुनुहन्थ्यो, अवस्था सामान्यनै थियो,’ छोरी पुनमले भनिन, ‘डबल डोज औषधी दिँदा आमाको निधन भयो ।’

उनले मुख र मलद्वारबाट औषधी दिएर आफ्नो आमालाई मारिएको आरोप लगाइन् । उनले अस्पतालको इमरजेन्सी विभागका कर्मचारीले औषधीको डोज बढी हुँदा विरामीको मृत्यु भएको भनेर आफैलाई जानकारी गराएको समेत दाबी गरेकी छन् ।

आफूले पाँच दिन अघि पनि अस्पतालमा बिरामीको राम्रोसँग ख्याल नगरिएको जानकारी गराएको बताइन् । उनले आफ्नो आमालाई डाक्टर अनन्त लगायतको टिमले उपचार गरिरहेको समेत बताएकी छन् ।

‘हिँजो पनि डाक्टर अनन्तले तपाईंलाई अन्याय भएको ६ भनेर मलाई भन्नुभएको थियो,’ उनले भनिन, ‘आज चाहिँ उहाँ अस्पतालमै आउनुभएको छैन, मलाई अस्पतालले के कारणले विरामीको मृत्यु भयो भनेर समेत बताएको छैन ।’

उनले आफ्नो आमाको विहान ८ बजे निधन भएको भएपनि दिउँसो १ बजे मृत्यु भएको भनेर डेथ सर्टिफिकेट दिइएको बताइन् । उनले उपचारमा संलग्न डाक्टरले आफूहरुलाई न्याय दिलाइदिने बताएकोले हिँजो शब बुझिएको तर दाहा संस्कार भने नगरिएको बताएकी छन् । हिँजो देखि शव अस्पतालमै रहेको उनले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्