३१ जेठ २०८३, आइतबार

शहीद पत्नी गुरुङको उपचारमा पार्टीले सहयोग गर्छ–प्रचण्ड

शहीद पत्नी गुरुङको उपचारमा पार्टीले सहयोग गर्छ–प्रचण्ड

काठमाडौं, १८ चैत–पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहिद पत्नी पार्वती गुरुङको स्वास्थ्य उपचारमा पार्टीले आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् । 

मृगौला र श्वासप्रश्वासको समस्याबाट ग्रस्त भई एक हप्तादेखि अस्पतालमा उपचाररत गुरुङलाई भेट्न अध्यक्ष प्रचण्ड आइतबार दिउँसो नर्भिक अस्पताल पुगेका हुन् । 

सो क्रममा अध्यक्ष प्रचण्डले चिकित्सकसँग गुरुङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । 

भेटपछि अध्यक्ष प्रचण्डले बिरामीका छोरा सुरेन्द्र गुरुङलाई भेटी आमाको स्वास्थ्य उपचारमा कुनै समस्या परे पार्टीलाई जानकारी गराउन आग्रह गरे । 

चितवन शारदानगर निवासी गुरुङका पति डम्बर गुरुङको २०५९ साल कार्तिक  २५ गते चितवनको चण्डिभञ्ज्याङमा शहादत भएको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्