
विराटनगर, १९ चैत– झापामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । गौरीगन्ज गाउँपालिका–३ दन्तकालीका २८ वर्षिया निमथोकी शेर्पाको आफ्नै श्रीमानको कुटाइबाट मृत्यु भएको हो ।
निमथोकीलाई ३० बर्षिय श्रीमान पासाङ शेर्पाले आइतबार बेलुका ७ बजेको समयमा घरायसी विवाद हुँदा काठको मुडाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते शेर्पालाई उपचारकोलागि लाइफ लाइन अस्पताल दमकमा लगिएको थियो । उनको उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिट गर्ने श्रीमानलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियनत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।