०६ असार २०८३, शनिबार

चिनियाँ अन्तरिक्ष यानको अवशेष प्रशान्त महासागरमा खस्यो

चिनियाँ अन्तरिक्ष यानको अवशेष प्रशान्त महासागरमा खस्यो

काठमाडौं, १९ चैत– आफ्नो मिशन पुरा गरी सम्पर्क बिच्छेद भएको चिनियाँ अन्तरिक्ष स्टेशनको अवशेष प्रशान्त महासागरमा खसेको छ । वायुमण्डलमा प्रवेश गर्नासाथ सो अन्तरिक्ष स्टेशनको अधिकांश भाग जलेर नष्ट भएको बताइएको छ । 

‘दि तियांगोङ्ग–१’ नामक सो अन्तरिक्ष स्टेशन ग्रीनविच समयअनुसार बिहान ८ः१६ मा वायुमण्डलमा प्रवेश गरेको थियो । केही टुक्रा भने प्रशान्त महासागरमा खसेको अधिकारीहरुले जनाएका छन् । 

चीनले दावी गर्दै आएझैं वायुमण्डलमा प्रवेश गर्नासाथ यसका अधिकांश हिस्सा जलेर नष्ट भएको तथा केही टुक्रा समुद्री क्षेत्रमा खसेको बताइएको छ । यो अन्तरिक्ष स्टेशनको अवशेष कहाँ खस्ने हो र त्यसले कस्तो क्षति निम्त्याउने हो भन्नेबारे केही दिनदेखि विश्वका वैज्ञानिकहरु चिन्तित थिए । 

salt training

कमेन्ट गर्नुहोस्