काठमाडौं, २० माघ — ह्वाइट हाउसले उत्तर कोरियाप्रतिको नीतिको समीक्षा शुरु गरेको छ । उत्तर कोरियाको आणविक खतरामाथि विचार गर्ने योजना अमेरिकाले बनाएको हो ।

यस समीक्षामा संलग्न दुईजनाका अनुसार उत्तर कोरियाबाट हुन सक्ने क्षेप्यास्त्र प्रहारको चिन्तालाई सम्बोधन गर्नका लागि के गर्न सकिन्छ भनी विचार गरिनेछ । राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले अघिल्लो शुक्रवार समीक्षाको आदेश दिएको बुझिएको छ ।
यसै सन्दर्भमा अमेरिकाका रक्षामन्त्री जेम्स म्याट्टिसले जापान र दक्षिण कोरियाको भ्रमण बिहीवारबाट शुरु गरेका छन् ।
प्योङयाङको बढ्दो आणविक त्रासलाई कसरी सामना गर्ने भनी छलफल गर्न म्याट्टिस ती दुई देशको भ्रमणमा गएका हुन् ।
जापान र दक्षिण कोरिया दुवै अमेरिकाका साझेदार हुन् भनी आश्वासन दिलाउनु उनको भ्रमणको उद्देश्य हो ।
एजेन्सीको सहयोगमा