
काठमाडौं, २० चैत — तपाईं टेलिभिजन हेर्नुहुन्छ भने टीआरपीका बारेमा सुन्नुभएको होला । मिडियामा यो शब्दको प्रयोग अत्यधिक हुन्छ ।
तपाईंले दिनभरि टीभीअगाडि बसेर मनपर्ने टीभी शो हेर्ने गर्नुभएको छ भने यसरी हेर्दा पनि टीआरपी प्रभावित हुन्छ । टीआरपीको अर्थ हुन्छ टेलिभिजन रेटिङ पोइन्ट । यो टीभी टूलले कुन टीभी शो कति मानिसले मन पराइरहेका छन् र अन्य टीभी शोको तुलनामा त्यसको स्थिति कस्तो छ भन्ने देखाउँछ ।
टीआरपीमार्फत नै कुनै पनि शो दिनमा कतिचोटि र कति समयका लागि हेरिँदैछ अनि सबभन्दा धेरै हेरिने टीभी शो कुन हो पत्ता लाग्छ । टीआरपीलाई नाप्नका लागि केही निश्चित ठाउँमा पीपल मिटर लगाइन्छ र एक फ्रिक्वेन्सीमार्फत कहाँ कुन शो कतिचोटि हेरिरहिएको थाहा पाउन सकिन्छ ।
यस मिटरले टीभीसम्बन्धी सबै जानकारी मोनिटरिङ टीमलाई पठाउँछ । त्यसपछि मोनिटरिङ टीमले कुन च्यानल र शोको टीआरपी धेरै छ भन्ने निर्धारण गर्छ ।
टीआरपीलाई यति धेरै महत्त्व दिनुको कारण च्यानलको कमाइसँग जोडिएको छ । जुन च्यानललाई दर्शकले कम हेर्छन्, त्यसको टीआरपी झर्छ र उसले कम विज्ञापन पाउँछ र कमाइमा खराब असर पर्छ । टीआरपी बढेको शोलाई
विज्ञापनमार्फत प्रचुर कमाइ हुन्छ ।
एजेन्सी