२६ जेठ २०८३, मंगलबार

प्लाष्टिकका भाँडाका कारण गुणस्तरहीन दूध खान बाध्य उपभोक्ता

प्लाष्टिकका भाँडाका कारण गुणस्तरहीन दूध खान बाध्य उपभोक्ता

ललितपुर, २० चैत- ग्रामीण क्षेत्रमा दूध ढुवानीका लागि प्लाष्टिकका भाँडा प्रयोग गर्दा उपभोक्ता गुणस्तरहीन दूध खान बाध्य छन् । 

दूध प्लाष्टिकका भाँडामा राख्दा त्यसको स्वाद बदलिने पशु उत्पादन निर्देशनालयमा कार्यरत डा‍. सुरेन्द्र झा बताउँछन् । किसानले दूध दुहुँदादेखि संकलन हुने ठाउँ हुँदै शहरी क्षेत्रसम्म ल्याउनका लागि प्लाष्टिकको भाँडा प्रयोग हुने गरेको छ । 

पछिल्ला वर्षहरुमा निर्देशनालयले प्लाष्टिकका भाँडा प्रयोग नगर्न÷नगराउन अभियान चलाएको छ । एक दशकयता यस क्षेत्रमा केही सुधार भइरहे पनि पर्याप्त छैन । उनी भन्छन्, 'दूध गोठबाट ओँठसम्म पुग्दा प्लाष्टिकको भाँडा कतै पनि प्रयोग नै नगर्न÷नगराउन भने सकिएको छैन ।'

दूध ढुवानीमा प्लाष्टिकको भाँडाको प्रयोग गर्मी महिनामा अझै नराम्रो हुने जानकारी दिंदै झा बताउँदै, 'प्लाष्टिकका भाँडामा लामो समयसम्म राख्दा दूध चाँडो फाट्छ ।' बजारसम्म पुग्न लामो समय लाग्ने दुर्गम ठाउँमा दूध बाटोमा नै बिग्रँदा संकलकसमेत घाटा व्यहोर्न बाध्य हुने गरेका छन् । प्लाष्टिकका भाँडा कम मूल्यमा र सहज रुपमा पाइने हुँदा दूध दुहुन किसानले र ढुवानी गर्न संकलकले यसको बढी प्रयोग गर्दै आएका हुन् । 

सरकारले किसानका क्षेत्रमा काम गर्ने सहकारीमार्फत प्लाष्टिकका भाँडा हटाउन अनुदान सहयोगका कार्यक्रमसमेत गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्