०४ असार २०८३, बिहीबार

अन्लाइनमा के भन्ने र केमा हाँस्ने विषयमा चीनले लगायो सीमा

अन्लाइनमा के भन्ने र केमा हाँस्ने विषयमा चीनले लगायो सीमा

काठमाडौं, २० चैत — चीन सरकारले मानिसहरू अन्लाइनमा के भन्न पाउँछन् र कुन विषयमा हाँस्न पाउँछन् भन्ने सीमा निर्धारण गरेको छ । चीनको संस्कृति मन्त्रालयले कम्युनिस्ट क्लासिकहरू र नायकहरूको प्यारोडी पोस्ट गर्ने वेबसाइटलाई जरिवाना लगाएको छ । 

आइकियी र सिनामाथि क्लासिक कृतिहरूलाई विकृत गरेको र तिनको मजाक उडाएको भन्दै जरिवाना लगाएको हो । 

कति जरिवाना लगाइयो भन्ने कुरा चाहिँ खुलाइएको छैन । अन्लाइन प्यारोडीमाथि प्रतिबन्ध लगाउने नयाँ नियम जारी गरिएको दुई हप्ताभन्दा कम समयमा यो घटना सार्वजनिक भएको हो । मन्त्रालयले कुन भिडियोका कारण वेबसाइटहरूलाई जरिवाना लगाइएको भन्न चाहेन । 

मन्त्रालयले सोमवार एक बयान जारी गरेर दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तमा सिचुआन सेंग्सी तिआनफु मिडियामाथि क्रान्तिकारी गीतको लोकप्रिय प्यारोडी बनाएकोमा कानूनबमोजिक अत्यधिक जरिवाना लगाएको हो । 

इन्टरनेटमा सबभन्दा बढी प्रतिबन्ध लगाउने देश चीन हो । त्यहाँ फेसबूक र ट्विटर जस्ता विदेशी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको छ र चीनले राजनीतिक रूपमा संवेदनशील सामग्रीलाई पनि सेन्सर गर्ने गरेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्