२२ जेठ २०८३, शुक्रबार

बाख्रोलाई बचाउन बाघसँग भिडिन् यी युवती, लिइन् सेल्फी

बाख्रोलाई बचाउन बाघसँग भिडिन् यी युवती, लिइन् सेल्फी

काठमाडौं, २१ चैत — भारतको महाराष्ट्रकी रुपाली मेश्रमले आफ्नो आँगनमा रहेको बाख्रोलाई खान आएको बाघलाई भगाउने क्रममा चोटपटक बेहोरेकी छन् । 

यी २३ वर्षीया युवतीले बाख्रो कराएको सुनेपछि घरबाहिर दौडेकी थिइन् । 

उनले एउटा लट्ठी लिएर बाघलाई हिर्काइन् । उनकी आमाले उनलाई घरभित्र तान्दै लगेर बचाइन् । आमालाई पनि चोट लागेको छ । 

आमाछोरी दुवैलाई सामान्य चोटपटक लागेको छ र अस्पतालबाट छुट्टी दिइएको छ । बाख्रो भने बाँचेन । 

आक्रमणको लगत्तैपछि मेश्रमले सेल्फी लिइन् । सेल्फीमा उनको अनुहार रगतले लत्पतिएको छ । अघिल्लो हप्ता भएको यो घटना बल्ल सार्वजनिक भएको हो । 

उनलाई उपचार गर्ने चिकित्सकले उनको उदाहरणीय बहादुरीको प्रशंसा गरे । तर बाघले उनलाई नटोक्नु उनको सौभाग्य भएको चिकित्सकको भनाइ छ । 

मेश्रमको टाउको, कम्मर, गोडा र हातमा चोट लागेको छ । तर ती सामान्य चोट हुन् र उनी अहिले पूरै ठीक भइसकेकी छन् ।

आमाको चोट पनि बिस्तारै भरिँदैछ ।

उनीहरूले वनरक्षकलाई बोलाएका थिए तर बाघ गएको आधी घन्टापछि मात्र रक्षक आइपुगेका थिए । 

उनीहरूको गाउँमा जंगली जनावरहरू प्रायः आइरहेका हुन्छन् किनकि गाउँ निकुञ्जनजिकै छ । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्