
पर्सा, २२ चैत- पर्साका वाणिज्य बैंकहरु पैसाको अभाव देखाउँदै ऋण लगानीबाट तर्किन थालेका छन् ।
बैंकहरु ऋण लगानीबाट तर्किन थालेपछि व्यापार व्यवसायमा समस्या थपिएको वीरगन्जका उद्योगी व्यवसायीले बताएका छन् ।
होटल व्यवसायी हरि पन्तले २ महिनायता बैंकबाट ऋण लिन समस्या भइरहेको बताए, कान्तिपुरमा खबर छ ।