इनरुवा, २० माघ - सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार आफूहरुको माग सम्बोधन गर्न जिम्मेवार नरहेको आरोप लागाएका छन् ।
फोरमको प्रथम जिल्ला एकता अधिवेशनको आज उद्घाटनका क्रममा उनले संविधान संशोधनले मात्रै मधेस र मधेसीको माग सम्बोधन नहुने जनाउँदै परिमार्जन र पुनर्लेखन नै गर्नुपर्ने बताए ।
पार्टीेका उपाध्यक्ष परशुराम बस्नेत र युवराज कार्कीले समावेशी र समानुपातिक प्रतिनिधित्वको प्रत्याभूति नगरेसम्म नेपाली जनताले संविधान स्वीकार नगर्ने बताए ।