२३ जेठ २०८३, शनिबार

‘रेड लाइट एरिया’मा छापा, पाँच नेपाली युवती फेला

चैत २२, २०७४
‘रेड लाइट एरिया’मा छापा, पाँच नेपाली युवती फेला
सन्दर्भ तस्वीर

काठमाडौं, २२ चैत– भारतमा यौन धन्दामा लगाउँदै आइएका पाँच नेपाली युवतीको उद्धार गरिएको छ । आगरास्थित एक ‘रेड लाइट एरिया’ मा स्थानीय प्रहरीले छापा मार्दा पाँच नेपाली युवती फेला परेका हुन् ।

कुल ९ युवतीको उद्धार गरेकोमा पाँच जना नेपाली हुन् । प्रहरीले उद्धार गरिएका किशोरीहरुलाई एक गैरसरकारी संस्थाको रेखदेखमा राखेको छ । कोठी संचालकलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

नेपाल तथा भारतकै विभिन्न स्थानबाट किशोरीलाई विभिन्न प्रलोभनमा ल्याएर यौन धन्दामा लगाउँदै आएको सुराकी पाएपछि बुधबार प्रहरीले छापा मारेको हो । बाहिरबाट ताला लगाएको अवस्थामा रहेका कोठा प्रहरीले जबर्जस्ती खोलेको थियो ।

ती कोठामा थुनिएको अवस्थामा किशोरीहरु फेला परेको बताइएको छ । माइती नेपालको पहलमा सो कारवाही गरिएको बताइएको छ । नेपालबाट तीन किशोरीलाई आगरा पुर्याएर देहव्यापारमा लगाइएको सूचनाका आधारमा प्रहरलिे छापा मारेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्